६ किलो नुन बेच्न बसेको छ पोखरा साल्ट ट्रेडिङ्ग
पाेखरा | असोज १२, २०७९
पोखरा : दशैंमा सुपथ मूल्यको पसल चलाउनुपर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखरा ६ केजी नुन बेच्न बसेको छ ।
नेपालीहरुको महानचाड दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै हरेक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसल सञ्चालन गरेर नुन चिनी बिक्री गर्ने गरेपनि यो वर्ष भने नुन बेच्न बसेको छ पोखरा कार्यालय ।
कार्यालय परिसरमा नुन फिँजाएर बसेको साल्ट ट्रेडिङ्गसँग आम जनतालाई राहतस्वरुप बेच्न अरु केहि पनि छैन ।
प्रदेश कार्यालयमा यो वर्ष चिनी आयात नहुँदा एक व्यक्तिले प्रतिकेजी १८ रुपैयाँमा ६ केजी मात्र नुन किन्न पाउने कार्यालय प्रमुख वासुदेव उपाध्यायले बताए ।
सरकारले यो वर्ष प्रशस्त चिनी आयात नगर्दा कर्पोरेशनमा चिनी नभएकाले यो वर्ष सुपथ पसल सञ्चालन नहुने संकेत दिए । ‘कोरोना भन्दा अगाडी सुपथ मूल्य पसल सञ्चालन गरिएको हो’ उनले भने ‘नेपालीहरुको महानचाड दशैं तिहार र छठलाई लक्षित गरेर पसल सञ्चालन गरिए पनि अहिले चिनी आयात नहुँदा पसल सञ्चालन गर्न कुनै निर्देशन आएको छैन ।’
‘कार्यालयको गेटमा आएर सुपथ पसल सञ्चालन हुन्छ कि हुँदैन् ? भनेर उपभोक्ताहरु आउने गरेका छन्’ उनले भने ‘यो वर्ष चिनी आयात नभएकाले पसल सञ्चालन नभए पनि उपभोक्ता आए एक व्यक्तिलाई ६ केजी नुन बिक्री गर्न सक्छौं ।’
कर्पाेरेशनले चाडपर्वलाई लक्षित गर्दै विगतका वर्षहरुमा एक व्यक्तिलाई ३ केजी नुन र ३ केजी चिनी सुपथ मूल्यमा बिक्री गर्दै आएको थियो ।
कर्पोरेशनले विगतका वर्षहरुमा चामल, गेडागुडी,नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गर्दै आएको र अहिले बजारमा नै प्रशस्त पाइने भएकाले नुन र चिनी विक्री गर्ने गरेपनि यो वर्ष नुन मात्र विक्री गरेको हो ।
जव दशैं तिहार चाड नजिक नजिक आउँछ आम उपभोक्ताहरुको सुपथ मूल्य पसलमा लामो लस्करसँगै व्यस्त देखिने कर्मचारीहरु यो वर्ष भने आरामदायी देखिएका छन् ।
कर्पोरेशनमा ५० केजी बोराको आयोनुनको मूल्य ९ सय २५ र ४५ केजी ढिकी नुनको एक बोरालाई ६सय रुपैयाँ मूल्य तोकेको छ । कर्पाेरेशनमा नुनसँगै । किसानलाई आवश्यक पर्ने रासायनिक मलहरु समेत विक्री गर्दै आएको छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

